काठमाडौं – ऊर्जामन्त्री वर्षमान पुन अनन्तको सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीमा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ ।
शुक्रबार गरिएको स्वाब परिक्षणमा एक अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिएका छन् ।
प्रेस संयोजक दयानिधि भट्टका अनुसार आज (शुक्रबार) मन्त्री पुनसहित पूर्वसभामुख ओनसरी घर्ती, परिवारका सदस्यका साथै सचिवालय तथा सुरक्षाकर्मीसहित २९ जनाको स्वाब संकलन गरेर परिक्षणका लागि पठाइएको थियो ।
२९ जनामध्ये एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया