५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका यी ९ जिल्ला

काठमाडौं । नेपालमा हाल विभिन्न ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन् । बितेको २४ घण्टामा नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार ४५८ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनासहित देशभर ६३९ महिला र १ हजार ३८१ जना पुरुष संक्रमित थप्एिका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।

५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ९ जिल्ला

काठमाडौं
मोरङ
सुनसरी
मकवानपुर
ललितपुर
भक्तपुर
चितवन
रुपन्देही
सिरहा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?