काठमाडौँ, २६ फागुन- — नेपाली सेनाले सय वर्ष पुगेका अवकाशप्राप्त सैनिकलाई मासिक १० हजार रुपैयाँ थप भत्ता उपलब्ध गराउने भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले पूर्वी पृतनामा शुक्रबार आयोजित भूतपूर्व सैनिक सम्मेलनमा ९० वर्ष कटेकालाई ३ हजार र सय वर्ष पुगेकालाई १० हजार थप मासिक भत्ता दिने घोषणा गरेका हुन् ।सेनाको ‘कमान्ड मार्गनिर्देशन–२०७२’ अनुसार कल्याणकारी कोषबाट व्यहोर्ने गरी उक्त निर्णय भएको हो । २०७४ माघदेखि लागू हुने गरी ९० वर्षदेखि ९९ वर्षसम्मकालाई ‘पूर्वशताब्दी मासिक भत्ता’ ३ हजार र सय वर्ष पुगेकाको हकमा ‘शताब्दी मासिक भत्ता’ १० हजार रुपैयाँ दिने निर्णय गरिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ, कान्तिपुरमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया