चीनमा महिना दिन यताकै उच्च कोरोना संक्रमित थपिए

काठमाडौं । चीनमा पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । चीनको मेनल्याण्डमा शुक्रवार कोभिड–१९ का ३२ नयाँ संक्रमित भेटिएका हुन् ।

नयाँ संक्रमितको संख्या एक महिनापछिको सबैभन्दा धेरै रहेको बताइएको छ ।

तुलनात्मक रुपमा यो संख्या धेरै कम भएपनि अगस्ट १० यताकै सबैभन्दा धेरै संख्या यहि नै हो ।

नेशनल हेल्थ कमिशनले एक वक्तव्य जारी गर्दै भेटिएका सबै नयाँ संक्रमित बाहिरबाट आएको जानकारी दिएको छ । संक्रमितमध्ये १३ जना उत्तर–पश्चिम सान्क्सी प्रान्तका हुन् भने १२ जना साङ्घाइका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?