कुन उमेरका मानिसलाई कोरोनाको खतरा कम ? यसो भन्छ डब्ल्यूएचओ !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् ।

कोरोनाविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्दा विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले यो महामारीको सबैभन्दा कम असर टिनेजर्समा देखिएको बताएको छ । एक रिपोर्टका अनुसार विश्वमा २० वर्ष भन्दा कम उमेरका मानिसमा १० प्रतिशत भन्दा पनि कम मानिस कोरोना भाइरसबाट संक्रमित भएको बताइएको छ ।

अहिलेसम्म कोरोना भाइरसबाट विश्वमा २० वर्ष भन्दा कम उमेर समूहका मानिसहरुमा कुल संक्रमित मध्ये ०.२ प्रतिशतको मात्र मृत्यु भएको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुखले मंगलवार बच्च र युवाहरुमा कोरोना भाइरसको संक्रमणको असर कमै देखिएको बताएका छन् ।

डब्ल्यूएचओका डाइरेक्टर जनरल टेड्रोस अधोनमले कोरोना भाइरसले बच्चाको ज्यान लिन सक्ने तर यसको असर बच्चामा कमै मात्र देखिएको बताएका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?