काठमाडौं – दाङ जिल्लामा एक १३ बर्षीया बालिका बलात्कृत भएकी छिन्, आफ्नै बुबाबाट । बंगलाचुली गाउँपालिकाकी ति बालिका ६२ वर्षिय झड्केलो बुबाबाट बलात्कृत भएकी हुन् ।
ति बालिका आफ्नो आमाले दोस्रो विवाह गरेपछि आमासँगै सो घरमा आएकी थिईन् । तर आमा घाँस काट्न जंगल गएको बेला बालिकाका झड्केलो बुबाले आफ्नै घरभित्रै ढोका थुनेर बलात्कार गर्ने गरेका थिए । ति बालिकाले आफ्नी आमा जंगल गएको बेला पटक – पटक बलात्कारमा पर्ने गरेको र कसैलाई भने वा खबर गरे मारिदिने धम्की दिएका कारण कसैसँग भन्न नसकेको पीडित बालिकाको आफन्तले बताएका छन् ।
आफ्नो श्रीमानले आफू नभएको मौका छोपी आफ्नी छोरीलाई गरेको यस्तो हर्कत देखेर आत्तिएकी बालिकाकी आमाले उनलाई मामाघर पठाएकी थिईन् ।
तर मामाघरमा रहँदा ति बालिका हिँडडुल गर्न नसक्ने भएको देखेपछि हजुरआमाले सोधखोज गर्दा उनको यौनाङ्मा घाउ भएको देखेपछि यो कर्तुत बाहिरीएको हो ।
पीडित पक्षले गत बुधवार घोराहीमा पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराइसकेको छ ।
पीडित पक्षका अनुसार ६२ बर्षीय ति व्यक्तिले विगत २ बर्षदेखि बालबालिकालाई यौन शोषण गर्दै आएका थिए ।
बलात्कार गरेपछि हरेक पटक झड्केलो बुबाले देखाएको डर धम्कीका कारण घटना बाहिर आउन सकेको थिएन । पटक – पटक यौन शोषणमा परेका कारण बालिकामा शारीरिक तथा मानसिक समस्या समेत देखा परेको छ ।
पीडित पक्षको उजुरीको आधारमा ६२ बर्षीय अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आफ्नै छोरीलाई बलात्कार गर्ने ति पुरुष जेठी श्रीमतीको हत्या गरि कैद भुक्तानी गरि निस्किएका व्यक्ति भएका कारण गाउँघरमा पनि तिनलाई देख्दा मानिसहरु डराउने गरेको पीडित बालिकाको आमाले बताईन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया