काठमाडौं । सीमामा तनावका कारण अहिले भारत र चीनबीचको सम्बन्ध बिग्रिँदै गईरहेको छ ।
हिन्द महासागर क्षेत्रमा घुसेको चिनियाँ अनुसन्धान जहाजलाई भारतीय नौसेनाले लखेटेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
युआन वांग क्लास अनुसन्धान जहाज मलक्काको खाडि हुँदै हिन्द महासागर क्षेत्रमा प्रवेश गरेको थियो । त्यहि समयमा भारतीय नौसेनाले जंगी जहाजको सहायताले लखेटेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त क्षेत्रमा चिनियाँ जहाँजहरु आउने जाने गरिरहन्छन् । र भारतका संवेदनशील जानकारी लिने प्रयाशमा हुन्छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया