फिफाको साधारण सभा बैठक आज

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को साधारण सभा बैठक आज हुँदैछ । कोरोना भयावहलाई मध्येनजर गर्दै पहिलो पटक फिफाको साधारण सभा ‘भर्चुअल’ रुपमा सञ्चालन हुन लागेको हो ।

फिफाका सदस्य राष्ट्रका प्रतिनिधि ‘भर्चुअल’ माध्यमबाट साधारण सभामा जोडिनेछन् । साधारण सभामा नेपालबाट एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा सहित, उपाध्यक्ष कृण्ण थापा र रविन्द्र जोशी सहभागी हुनेछ ।

साधारण सभा नेपाली समय अनुसार साँझ पौने ७ बजे शुरु हुनेछ । सभामा विभिन्न रिपोर्टहरु पेश गर्ने सहित विधान संशोधन, बजेट लगायतका एजेण्डा तय गरिएको छ ।

कोरोनाका कारण भर्चुअल रुपमा फिफा कंग्रेस आयोजना गर्न लागिएको हो । कोरोनाका कारण विभिन्न अन्तराष्ट्रिय उडान प्रभावित भएको कारण देखाउँदै फिफाले यसअघिनै भर्चुअल साधारण सभा गर्ने निर्णय गरेको थियो ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?