काठमाडौं – आज (शुक्रबार) ११ बजेका लागि डाकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित गरिएको छ ।
तत्कालीन नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक चार गतेसम्मका लागि स्थगित गरिएको हो ।
आज बिहान सचिवालय सदस्यहरुलाई असोज ४ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको सूचना आएको नेकपा सचिवालयका एक सदस्यले लोकपथसँग बताए ।
संविधान दिवसका विभिन्न कार्यक्रममा प्रधानमन्त्री व्यस्त भएकाले बैठक सारिएको बताइएको छ ।
यसअघि धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा राखिँदै आएको बैठक आज भने कोटेश्वरस्थित पेरिसडाँडामा बोलाईएको थियो ।
गत बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि आजका लागि सचिवालय बैठकको तालिका तय भएको थियो । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्ति र पार्टी एकीकरणका बाँकी कामहरुबारे छलफल हुने तालिका थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया