काठमाडौं । नेपाली ब्रोडगेज रेल बिहीवार जयनगरस्थित रेल्वे स्टेसनमा आइपुगेको छ । सात महिनादेखि भारतको बिहारस्थित हाजीपुरमा अड्किएको रेल हिजो त्यहाँ आईपुगेको हो । रेल परीक्षणका लागि शुक्रवार मध्याह्न जनकपुर आइपुग्ने भएको बताइएको छ।

८४ करोड ६५ लाखमा नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग दुईवटा ब्रोडगेज रेल खरिद गरेको थियो ।

कोरोना भाइरसको महामारीका कारण दुबै रेल गत फागुनदेखि भारतको बिहारस्थित हाजीपुरमा अड्किएका थिए । अहिले दुबै देशमा यातायात सञ्चालन भएपछि परीक्षणका लागि रेल नेपाल आर्यरहेको हो ।

नेपाल आएर पनि फेरि रेल भारत नै फर्किनेछ । सञ्चालन नभएसम्म नेपाली रेल जयनगरस्थित स्टेसनमै रहने रेल्वे कम्पनीले जनाएको छ ।

त्यसको सुरक्षाको जिम्मा तत्कालका लागि भारतीय कर्मचारीलाई नै दिइएको बताईएको छ । न्यारोगेजमा जनकपुर–जयनगर २९ किलोमिटर सञ्चालन हुँदै आएको रेल २०७१ सालको माघदेखि बन्द भएको थियो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया