कोरोना कहर : भारतमा बिहीवार थपिए ९६ हजार भन्दा धेरै संक्रमित, मृतक कति ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्व्मा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख ५० हजार ३७७ जनाको मृत्यु भएको छ भने ३ करोड ३ लाख ३८ हजार ६१४ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड २० लाख २८ हजार १३० जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार १७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ८४ हजार ४०४ जनाको मृत्यु भएको छ भने ५२ लाख १२ हजार ६८६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४१ लाख ९ हजा ८२८ जना संक्रमण मुक्त भएका छन् भने १० लाख १८ हजार ४५४ जना उपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा बिहीवार मात्रै ९६ हजार ७९३ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार १७४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?