काठमाडौं । स्पनेमा पछिल्लो २४ घण्टामा थप ११ हजार २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ६ लाख २५ हजार ६ सय ५१ पुगेको छ । पछिल्लो समय स्पेनमा कोरोना संक्रमितको दर बढिरहेको छ । त्यस्तै हालसम्म ३० हजार ४ सय ५ जनाको कोरोनाको कारण मृत्यु भएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमित मध्ये १ हजार ३ सय ३१ जनाको अवस्था गम्भीर रहेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ४८ हजार ३ सय २० जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड २३ लाख ३४ हजार ८ सय ४३ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड १९ लाख ४० हजार २ सय ६३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ३ सय १६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया