भारतमा कोरोना भयावह : बितेको २४ घण्टामै थपिए ८९ हजार बढी संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ४८ हजार २ सय ५७ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३करोड २ लाख ३० हजार ५ सय ११ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट २ करोड १९ लाख ३६ हजार ९ सय ९५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ६ सय ३२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

भारतमा कोरोना भाइरसबाट बिहीबार थप १ हजार १ सय १० जनाले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८४ हजार ३४० पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस्तै आज भारतमा ८९ हजार ८६७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ५२ लाख ५ हजार ७६० पुगेको छ । तीमध्ये हालसम्म झण्डै ४१ लाख निको भएका छन् भने १० लाख २३ हजारको उपचार भइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?