कोरोना संक्रमितको हिसाबले अमेरिका विश्वकै शीर्ष स्थानमा

काठमाडौं । कोरोनाभाइरस संक्रमितको कुल संख्याका आधारमा अमेरिका विश्वकै शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिकामा हालसम्म ६८ लाख ४४ हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने अमेरिकाको पछिपछि भारत रहेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।

शीर्ष १० संक्रमित मुलुकको कुरा गर्दा दोस्रो स्थानमा रहेको भारतमा बिहीबार अबेरसम्म ५१ लाख ५९ हजार ९९१ जनामा संक्रमण पुष्टि भएको छ भने तेस्रो स्थानमा रहेको ब्राजिलमा ४४ लाख ३० हजार संक्रमित रहेका छन् ।

यस्तै चौथो स्थानमा रुस, पाँचौमा पेरु, छैटौँमा कोलोम्बिया, सातौँमा मेक्सिको, आठौँमा साउथ अफ्रिका, नवौँमा स्पेन, दशौँमा अर्जेन्टिना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?