गायिका एलिना चौहानको नयाँ गीत ‘पन्छी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायिका एलिना चौहानले नयाँ गीत ‘पन्छी’ल्याएकी छन् । लोक आधुनिक स्वादका गीत चल्तिमा रहेको बेला एलिनाको ‘पन्छी’ भने केही फरक शैलीको रहेको छ ।

सुदीप आत्रेयको शब्द र किरण माइकल घिमिरेको संगीतमा रहेको गीतको भिडियोमा धन कमाउने सपना बोकेर बिदेश पुगेका नेपाली चेलीले भोग्नु परेको पीडा प्रस्तुत गरिएको छ ।

फरज अर्पणले निर्देशन गरेको गीतको भिडियोमा गायिका एलिना स्वयम्, नम्रता अर्याल, गणेश पौडेल, सन्तोषकुमार थीनलगायतले अभिनय रहेको छ ।

भिडियोमा निर्देशक अर्पणकै छायांकन र सम्पादन समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?