काठमाडौं । विश्व बिरामी सुरक्षा दिवस २०२०को अवसरमा दीप प्रज्वलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दीप प्रज्वलन गरी विश्व बिरामी दिवसको शुभारम्भ गरेका छन् ।
यस अवसरमा स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनका लागि सरकार प्रतिबद्ध रहेको व्यहोरा अनुरोध गर्दै सम्पूर्ण बिरामी तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूको सु(स्वास्थ्यको कामना समेत व्यक्त गरेका छन् ।

“सुरक्षित स्वास्थ्यकर्मीः सुरक्षित बिरामी” भन्ने मूलनाराका साथ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साप्ताहिक रुपमा कार्यक्रम गरी मनाउन थालेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक कुञ्जप्रसाद जोशीले जानकारी दिए ।
आज साँझ स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलनका साथै सङ्क्रमणबाट मृत्यु भएका सम्झनामा माइतीघर मण्डलामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया