महारानीलाई हटाएर बर्बाडोसमा गणतन्त्र स्थापना गर्नुपर्ने विषयमा बहस शुरु

काठमाडौं । बर्बाडोसमा गणतन्त्र स्थापना गर्नुपर्ने विषयमा बहस शुरु भएको छ । सन् १९६६ मा बेलायतबाट बर्बाडोसले स्वतन्त्रता पाएको थियो । यद्यपी, अहिले पनि बेलायती महारानी एलिजावेथ नै सो देशको राष्ट्राध्यक्षको रुपमा रहेकी छिन् ।

‘हामीले हाम्रो औपनिवेशिक विगतलाई पूर्ण रुपमा पछाडि छाड्ने समय आएको छ,’ बर्बाडोसका गर्भनर जनरल सान्द्रा मासोनले प्रधानमन्त्री मिया मोट्लीको प्रतिनिधित्व गर्दैै भने । मोट्लीले २०१८ मा बहुमतसहित चुनाव जितेका थिए ।

२१ नोभेम्बरमा बर्बाडोसले आफ्नो स्वतन्त्रता दिवस मनाउँदैछ । यद्यपी, कतिपयले गणतन्त्र घोषणा गर्ने सरकारको दाबीमा शंका व्यक्त गरेका छन् । पछिल्ला दशकहरुमा धेरै सरकारले गणतन्त्रको मुद्दालाई अघि सारेपनि पूरा गर्न नसकेको रोयटर्सले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?