१८ महिने बालकसहित तीन जनाको पानीमा डुबेर मृत्यु

काठमाडौं – आज (बिहीवार) प्रदेश १ का तीन जिल्लामा १८ महिने बालकसहित तीन जनाको पानीमा डुबेर मृत्यु भएको छ।

मोरङ, सुनसरी दुई बालबालिकासहित उदयपुरका एक पुरुषको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

बिहीवार मोरङको रंगेली नगरपालिका ३ का १८ महिने बालकको नहरमा डुबेर मृत्यु भएको हो।

सुनसरीको दुहवी नगरपालिका ८ की १० बालिकाको पनि बिहीवार पानीमा डुबेर मृत्यु भएको छ। पौडी खेल्न गएको बेला उनी पानीमा डुबेर बेहोस भएकी थिईन् । उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको थियो ।

यस्तै उदयपुरको चौदण्डीगढी नगरपालिका ३ का ५५ वर्षीय पदम मगरको धपडखोलाले बगाएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?