काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालका लागि पाकिस्तानका राजदूत मजर जाभेदले आज शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विविध विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
राजदूत जाभेद नेपालमा आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कने क्रममा छन् ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया