काठमाडौं । नेपाल उद्योग वाणिज्य संघले आगामी महाधिवेशनको मोडाटिली तय गर्दै मिति तोक्नका लागि पदाधिकारी बैठक बोलाएको छ ।
कोरोना महामारीका कारण २ पटकसम्म स्थगित भएको महासंघको साधारण सभा गर्ने सम्बन्धमा शुक्रबार महासंघ पदाधिकारी बैठक डाकिएको हो ।
बन्दाबन्दीका कारण अन्यौलमा रहेको महासंघको ५४ औं वार्षिक साधारण सभा र नयाँ कार्यसमितिको निर्वाचनको मोडालिटी र मिति तय गर्न शुक्रबार साँझ पदाधिकारी बैठक बोलाइएको एक पदाधिकारीले लोकपथलाई जानकारी दिए ।
महासंघको ५४ औं वार्षिक साधारण पहिलो पटक गत चैत २८ र २९ गतेका लागि आह्वान गरिएको साधारण सभा बन्दाबन्दीका कारण असार २६ र २७ गतेका लागि सारिएको थियो । कोरोना जोखिम बढ्दै गएपछि साधारण सभा तथा निर्वाचनको कार्यतालिका स्थगित गरिएको थियो ।
दोस्रो पटक साधारण सभा स्थगित भएसँगै साधारण सभा र निर्वाचनको मोडालिटी तय गर्न गठित समितिले बुझाएको सुझाव माथि छलफल हुने बताइएको छ ।
ती पदाधिकारीका अनुसार अध्ययन समितिले बुझाएको प्रतिवेदन उपर छलफल गरी पदाधिकारी बैठकले साधारण सभा गर्ने निर्णय गरेर कार्यसमितिलाई सिफारिस गर्नेछ ।
त्यस्तै महासंघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचनको प्रकृयालाई अगाडी बढाउने सम्बन्धमा ढाँचा तथा प्रक्रिया तयार गर्न गठित समितिले गत साता मात्र महासंघ अध्यक्ष भवानी राणालाई सुझाव प्रतिवेदन बुझाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया