काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णयको विरोध गरेको छ ।
शंकास्पद व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय गलत रहेको समेत कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्णय तत्काल फिर्ता लिएर गहिरो विश्लेषण गर्न समेत आग्रह गरेको छन् ।
“शंकास्पद मृत्यु भएका ब्यक्तिको कोरोना परिक्षण नगर्ने सरकारको पछिल्लो निर्णय अत्यन्तै गलत छ, तत्काल फिर्ता लिएर गहिरो विश्लेषण र गम्भीर सुझबुझका साथ मात्रै यस्ता संवेदनशील बिषयमा निर्णयमा पुग्न नेपाली कांग्रेस सरकार र सम्बन्धित निकायलाई आग्रह गर्दछ ।” जारी विज्ञप्तिमा भनिएको छ ।
कसैलाई संक्रमण छ र छैन व्यापक परीक्षण गर्नु र उ बाट अन्यमा सर्न नदिन सम्पूर्ण सतर्कता राख्नु राज्यको प्रथम दायित्व रहेको समेत कांग्रेसले बताएको छ ।
साथै पछिल्लो समय मरिसकेपछि मात्र कोरोना पुष्टि भएको कुरालाई स्मरण गराउँदै मृत्यु पछि मात्रै पीसीआर ? भन्ने आम मानिसको आलोचनालाई केही सहयोग पुर्याए पनि राज्य जोगिने नभइ कोरोनाबाट जनतालाई जोगाउन लाग्न समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया