काठमाडौं- सुर्खेतको वीरेन्द्रनगरस्थित राजदल गणमा कार्यरत नेपाली सेनाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा बिहीबार २८ जना सैनिकमा संक्रमण पुष्टि भएको हो ।
छुट्टीमा घर गएर फर्किएकाहरुमा गरिएको परिक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको हो ।
सेनाले घर गएर फर्किएकाहरुको गणमा प्रवेश गर्नुअघि अनिवार्य रुपमा पीसीआर परीक्षण गर्दै आएको छ ।
कोरोना संक्रमण पुष्टि भएका २८ जनाको भदौ २८ गते स्वाब संकलन गरिएको थियो ।
उनीहरुलाई सेनाकै आईसोलेसनमा राख्ने तयारी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया