काठमाडौं । भोजपुरमा प्रहरीलाई ढुङगा हान्ने अभियोगमा एक जना पक्राउ परेका छन् । पौवादुङमा गाउँपालिका-५ स्थित अँधेरी घाटमा ड्युटीमा खटिएको प्रहरीलाई ढुङगा प्रहार गरेको अभियोगमा सोही गाउँपालिका-५ लुगुवा बस्ने २६ वर्षीय संगीन राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
राईले मादक पदार्थ सेवन गरी धरानबाट स्कुटर लिई आउने क्रममा प्रहरीले उक्त नाकाबाट प्रवेश गर्ने बिषयलाई लिएर राईले प्रहरी हवल्दारलाई ढुङगा प्रहार गरेका हुन् ।
ढुङगा प्रहारबाट घाइते प्रहरी हवल्दारको बिराट मेडिकल कलेज बिराटनगर मोरङमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया