काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
बिहीवार राष्ट्रिय सभा सदस्यको रुपमा मनोनित भएका गौतमले राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले सपथ ग्रहण गराएका हुन् ।
गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम गौतमलाई मनोनित गरेकी हुन् ।

सिंहदरवारमा भएको सपथ ग्रहण कार्यक्रमपछि गौतमले आफूले राष्ट्रिय सभाको गरिमा नगिराउने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
सपथ ग्रहण कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, सुवास नेम्वाङ लगायतका नेता तथा सांसदहरु सहभागी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया