काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका ५ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालका ५ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।
संक्रमण मुक्त ५ जिल्लाहरु
- सोलुखुम्बु
- मुस्ताङ
- डोल्पा
- हुम्ला
- मुगु
बितेको २४ घण्टामा नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस ‘कोभिड -१९’ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ६ सय ४१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा ४ सय २८ जना महिला र ८१८ जना पुरुष गरी थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको हो ।
आजसम्म ८ लाख ८२ हजार ९१५ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै कुल संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप १ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ । यो कुल संक्रमितको ७२ प्रतिशत हो ।
यसैबीच, हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १६ हजार २४१ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ८ हजार ३३८ जना र संस्थागत आईसोलेसनमा ७ हजार ९ सय ३ जना छन् । संक्रमितमध्ये १८२ जना संक्रमितको आईसियु र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार ८८३ जना रहेका छन् ।
बितेको २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । यो सँगै कुल मृतक संख्या ३८३ पुगेको छ ।
यस्तै मोरङ सिरहा, सुनसरी, ललितपुर, मकवानपुर काठमाडौं चितवन भक्तपुर र रुपन्देही गरि ९ वटा जिल्लामा हालको अवस्थामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डाजागेश्वर गौतमले बताएका छन् ।
नेपालमा मंगलबार काठमाडौं उपत्यकामा ६७६ सहित १ हजार ४५९ जना कोरोना संक्रमित थपिएका थिए ।
यस्तै बुधबार काठमाडौंमा ६५२ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ६० जनासहित देशभर १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया