काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १२ सय ४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४२ ९ सय ४९ रहेको छ ।
कुल संक्रमित मध्ये ७२ प्रतिशत संक्रमित कोरोना संक्मण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।
बितेको २४ घण्टामा नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस ‘कोभिड -१९’ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ६ सय ४१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा ४ सय २८ जना महिला र ८१८ जना पुरुष गरी थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस ‘कोभिड– १९’ संक्रमण पुष्टि भएको हो ।
आजसम्म ८ लाख ८२ हजार ९१५ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै कुल संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।
यसैबीच, हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १६ हजार २४१ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ८ हजार ३३८ जना र संस्थागत आईसोलेसनमा ७ हजार ९ सय ३ जना छन् । संक्रमितमध्ये १८२ जना संक्रमितको आईसियु र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार ८८३ जना रहेका छन् ।
बितेको २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । यो सँगै कुल मृतक संख्या ३८३ पुगेको छ ।
यस्तै मोरङ सिरहा, सुनसरी, ललितपुर, मकवानपुर काठमाडौं चितवन भक्तपुर र रुपन्देही गरि ९ वटा जिल्लामा हालको अवस्थामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
नेपालमा मंगलबार काठमाडौं उपत्यकामा ६७६ सहित १ हजार ४५९ जना कोरोना संक्रमित थपिएका थिए ।
यस्तै बुधबार काठमाडौंमा ६५२ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ६० जनासहित देशभर १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया