राष्ट्रपतिद्वारा वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित, ४ बजे सपथ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले उपाध्यक्ष गौतमलाई मनोनित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय गरी सिफारिस गरिएको थियो ।

पूर्व अर्थमन्त्री डा युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट खाली रहेको थियो । मनोनित भएका गौतमले आज अपरान्ह ४ बजे सपथ ग्रहण कार्यक्रम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?