भोली नेकपा सचिवालय बैठक

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक भोली (शुक्रबार) बस्दैछ । सचिवालयका एक सदस्यका अनुसार बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्‍नेछ ।

सत्तारुढ नेकपाले मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको हो । हिजो (बुधबार) दिउँसो पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलपछि सचिवालय बैठक तय भएको हो ।

नेकपा पार्टी एकता हुनुभन्दा पहिला पेरिसडाँडामा पूर्वमाओवादीको पार्टी कार्यालय थियो। यसअघि नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?