काठमाडौं – पाल्पामा आइसोलेसनमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
तानसेन नगरपालिका र मिसन अस्पतालले सञ्चालन गरेको वृद्धाश्रम आइसोलेसनमा उपचाररत तानसेन नगरपालिका–७ का ५२ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।
उनको शव व्वस्थापनको तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया