काठमाडौं – निजी सचिवालयका एक जनामा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होम आइसोलेसनमा बसेका छन्।
सभापति देउवा कन्ट्याक्ट ट्रेसिङमा परेकोले होम आइसोलेसनमा बसेको उनको सचिवालयले जनाएको छ।
देउवा होम आइसोलेसनमा बसेका कारण आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित हुने भएको छ।
देउवाको कोरोना परिक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्नेछ। उनको भोली (शुक्रबार) स्वाब परिक्षण हुनेछ ।
नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला कोभिड १९ संक्रमणका कारण हाल ओम अस्पतालमा उपचाररत छन्। उनको आईसीयुमा राखेर उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया