अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खाली आयुक्तका तीन पदमा नियुक्त हुन दौडधुप सुरु भएको छ। अख्तियारमा प्रमुखसहित पाँचजना आयुक्त रहने व्यवस्था छ।
प्रमुख आयुक्त नवीनकुमार घिमिरे यसै साता बिदा भएका छन्। त्यसअघि नै आयुक्तका खाली दुई पदमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भागबन्डा नमिल्दा नियुक्त हुन सकेको थिएन। तत्कालीन प्रमुख आयुक्त दीप बस्नेत कार्यकाल सकिएर बाहिरिएका थिए भने आयुक्त राजनारायण पाठकले सेवाग्राहीसँग घुस मागेको भिडियो सार्वजनिक भएपछि राजनीनामा दिएका थिए।
अख्तियार भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक अंग भए पनि राजनीतिक भागबन्डाका आधारमा आयुक्त नियुक्त गरिने हँुँदा नेकपा र कांग्रेस निकटका पूर्वप्रशासक आयुक्त बन्न दौडधुप गरिरहेका छन्। संवैधानिक आयोगका पदाधिकारी संवैधानिक परिषद्ले सिफारिस गर्ने कानुनी व्यवस्था छ। बाहिर संवैधानिक परिषद्ले सिफारिस गरेको देखिए पनि भित्रीरुपमा भागबन्डा हुने गरेको छ। यसरी भागबन्डा हुँदा संविधानले दिएको जिम्मेवारी निर्वाह हुन नसकेको टीकाटिप्पणी पनि हुँदै आएको छ। नागरिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया