काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ४२ हजार ४ सय ६६ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ९९ लाख १५ हजार १ सय २२ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट २ करोड १६ लाख ४ हजार २ सय ६९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ९ सय ६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा २ लाख ७ सय २० जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ११ हजार ८ सय ४३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६७ लाख ९९ हजार ९ सय ९० पुगेको छ ।
हालसम्म ४० लाख ८६ हजार ५७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार १ सय ६० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ५ सय २३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया