समझदारीबाट नै सबै समस्याको समाधान गर्ने राप्रपा अध्यक्षहरुको प्रतिवद्धता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन अध्यक्षको बैठकले सहमति र समझदारीबाटै सबै समस्या समाधान गर्ने सहमति बनेको छ।

अध्यक्षत्रय कमल थापा, पशुपति शमसेर राणा र प्रकाशचन्द्र लोहनीबीच भएको बैठकले पार्टी एकता अक्षुण राख्ने प्रतिबद्धता गरेको अध्यक्ष थापाले सामाजिक सञ्जालमा बताएका छन् ।

एकतापछिको दल निर्वाचन आयोगमा दर्ता गर्नुपर्छरपर्दैन विषयमा दलभित्र विवाद छ।

चुनाव चिन्ह के राख्ने भन्ने बारेमा पनि विवाद छ। पार्टीको चुनाव चिन्ह ६ महिनाभित्र पार्टीको उपयुक्त निकायबाट टुंगो लगाउने निर्णय भएको थियो ।

६ महिना बितिसक्दा पनि यो विषय टुंगो लागेको छैन। फागुन २९ गते राप्रपा र राप्रपा (संयुक्त) बीच एकता भएको थियो। त्यसको पाँच दिनअघि एकताको आधारपत्रमा हस्ताक्षर भएको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?