काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका ६ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालका ६ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।
संक्रमण मुक्त ६ जिल्लाहरु
- सोलुखुम्बु
- म्याग्दी
- मुस्ताङ
- डोल्पा
- हुम्ला
- मुगु
बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस ‘कोभिड- १९’ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ९ सय ९४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप १ हजार ६८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ । यो कुल संक्रमितको ७१.५ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या Active case १६ हजार २४२ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ७ हजार ७०१ जना र संस्थागत आईसोलेसनमा ८ हजार ५४१ जना छन् । तिमध्ये १७३ जना संक्रमितको आईसियु र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार ८२० जना रहेका छन् । यस्तै काठमाडौंसहित, भक्तपुर चितवन मकवानपुर सर्लाही रुपन्देही सुनसरी सिराह गरि ८ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बताएका छन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा बितेको २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।
नेपालमा हिजो (मंगलबार) काठमाडौं उपत्यकामा ६७६ सहित १ हजार ४५९ जना कोरोना संक्रमित थपिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया