काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस ‘कोभिड- १९’ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ९ सय ९४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा काठमाडौै उपत्यकामा ७ सय ३७ जनासहित देशका विभिन्न जिल्लामा थप १ हजार ५ सय ३९ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ६५२ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आजसम्म ८ लाख ७२ हजार २७४ जनाको पीसीआर परीक्षण गरिएकोमा कोरोना संक्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप १ हजार ६८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४१ हजार ७०० पुगेको छ । यो कुल संक्रमितको ७१.५ प्रतिशत हो ।
यसैबीच, हालको अवस्थामा उपचाररत संक्रमितको संख्या (Active case) १६ हजार २४२ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ७ हजार ७०१ जना र संस्थागत आईसोलेसनमा ८ हजार ५४१ जना छन् । संक्रमितमध्ये १७३ जना संक्रमितको आईसियु र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार ८२० जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, भक्तपुर, चितवन, मकवानपुर, सर्लाही, रुपन्देही, सुनसरी, सिराह गरि ८ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार सोलुखुम्बु, म्याग्दी, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा बितेको २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।
नेपालमा हिजो (मंगलबार) काठमाडौं उपत्यकामा ६७६ सहित १ हजार ४५९ जना कोरोना संक्रमित थपिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया