७ चैत्र २०७९, मंगलवार

राजस्व संकलन २२ प्रतिशतले वृद्धि

२०७४,आश्विन,९,सोमवार १५:३६

0
Shares

काठमाडौँ, ९ असोज- आव २०७४÷०७५ भदौ महिनासम्मको राजस्व संकलनको लक्ष्य रु ३६ अर्ब ६७ करोड ९१ लाख ३९ हजार रहेकामा रु ३५ अर्व २७ करोड ३ लाख ४९ हजार संकलन भई लक्ष्यको तुलनामा ९६ प्रतिशतको प्रगति भएको छ ।गत वर्षको असुलीको तुलनामा २२ प्रतिशतले वृद्धि भएको छ । शीर्षकगत रूपमा हेर्दा आयकरतर्फ करिब रु १४ अर्व २३ करोड , मूल्य अभिवृद्धि कर रु १२ अर्ब ९० करोड र अन्तःशुल्कतर्फ रु सात अर्ब ७३ करोड संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकरतर्फ ९२ प्रतिशत, मूल्यअभिवृद्धि करतर्फ ९७ प्रतिशत र अन्तशुल्कतर्फ १०५ प्रतिशत हो ।त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः करिब रु १५ करोड ६६ लाख र रु २५ करोड ४ लाख संकलन भएको छ । शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ८८ प्रतिशत र स्वास्थ्यसेवा करतर्फ लक्ष्यको तुलनामा ७३ प्रतिशत संकलन भएको छ । गत वर्षको तुलनामा आयकर वृद्धिदर १७ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २३ प्रतिशत, अन्तःशुल्कको वृद्धिदर ३० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २२ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३ प्रतिशत छ । आन्तरिक राजस्व विभागलाई आव २०७४÷७५ का लागि करिब तीन खर्ब राजश्व संकलन लक्ष्य तोकिएको छ ।आइतबार आयोजित समीक्षा कार्यक्रममा विभागका महानिर्देशक किशोरजंग कार्कीले महालेखा परीक्षकको टोलीस“ग डोरमै बेरुजु सम्परीक्षण गराउन, बेरुजु नउठ्ने गरी कार्य गर्न, अन्तिम तहसम्मको कानुनी कारवाही गरी बक्यौता असुली गर्न र कर परीक्षणमा गुणस्तरीयता कायम गर्न प्रमुख कर प्रशासक तथा प्रमुख कर अधिकृतलाई निर्देशन दिए ।विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेलले गत आवमा कर बुझाएका करदाताले यस आवमा कर नबुझाएको देखिएकाले यसको कारण पहिचान गर्न निर्देशन दिए ।उपमहानिर्देशक शंकरप्रसाद खरेलले २१ बु“दे घोषणापत्रको कार्ययोजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिनुभयो । कार्यक्रममा अनुगमन शाखाका शाखा अधिकृत कमल लामिछानेले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै काठमाडौंस्थित आन्तरिक राजस्व विभागअन्तर्गतका सबै कार्यालय प्रमुखले आआफ्नो कार्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको विभागले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,९,सोमवार १५:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आइतबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य मंगलबार सामान्य वृद्धि भएको छ । सोमबार नेपाली बजारमा प्रतितोला छापावाला सुनको

खोटाङ । प्रभु बैंकको दिक्तेलस्थित शाखाका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर एक महिनादेखि सम्पर्कविहीन भएका छन् । खोटाङको

काठमाडौँ । बीमा अभिकर्ता समग्र बीमा व्यवसायको मेरुदण्ड भएको भन्दै सरोकारवालाले बीमा बजारको दीगो वृद्धिको पहिलो शर्त व्यावसायिक अभिकर्ता भएको

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा करिब रू १२ अर्ब भन्सार राजस्व सङ्कलन गरेको

ताजा समाचार

रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी
 २०७९,चैत्र,७,मंगलवार १४:०६
तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६