जम्मू-कश्मिरमा भारतीय लडाकू विमानको गस्ती

काठमाडौं । जम्मू-कश्मिरको सीमामा चीनबीचको तनावका बीच भारतले मंगलवार भारतीय वायुसेनाको लडाकू विमानद्वारा गस्ती गरेको छ ।

पुन्छ जिल्लाको आकाशमा मंगलावार दिउँसो भारतीय वायु सेनाको लडाकू विमानले गस्ती गरेको हो ।

चीनबीचमा भईरहेको तनावका बीचमा सुरक्षाका लागि भन्दै भारतीय वायुसेनाले लडाकू विमानद्वारा उक्त क्षेत्रको निगरानी गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

पाकिस्तानी वायुसेनाको लडाकू विमान भारतीय क्षेत्रमा पस्न खोजेपछि भारतीय वायुसेनाले पनि लडाकू विमानद्वारा गस्ती गरेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?