सभामुखमा महरा निर्विरोध, औपचारिक घोषणा भोलि

काठमाडौं, २५ फागुन । प्रतिनिधिसभाको सभामुखका लागि बामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित हुने पक्का भएको छ ।सभामुखमा महराको मात्र उम्मेदवारी दर्ता भएको हो । औपचारिक घोषणा भने भोलि हुनेछ ।महराले भने, संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको र धेरै कानुनहरु बनाउनु पर्ने भएकाले यसमा आफ्नो भूमिका रहने बताएका छन् ।महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् ।उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु उपस्थित थिए ।माओवादी केन्द्रले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?