अमेरिकामाथि हमला गरे ईरानमाथि एक हजार गुणा ठूलो हमला गर्ने ट्रम्पको चेतावनी !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई डरलाग्दो धम्की दिएका छन् ।

उनले अमेरिकाविरुद्ध कुनै पनि हमला गरे त्यसको एक हजार गुणा ठूलो हमला गर्ने चेतावनी दिएका हुन् ।

ईरान जनवरीमा शीर्ष जनरल कासिम सुलेमानीको हत्याको बदला लिने योजना बनाईरहेको बताउँदे उनले यदि अमेरिकामाथि हमला भए त्यसको एक हजार गुणा ठूलो हमला गर्ने चेतावनी दिएका हुन् ।

साथै ट्रम्पले ईरानको दक्षिण अफ्रिकामा अमेरिकाका राजदूतको हत्याको षड्यन्त्र रचेको खबर आएपछि यस्तो धम्की दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत यसको जानकारी दिएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?