२०७७, ३१ भाद्र बुधबार १३:५६

होटलमा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ


प्रकाशित मिति : २०७७, ३१ भाद्र बुधबार १३:५६

काठमाडौं । बारामा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउपरेका छन् । निजगढ नगरपालिका-७ सुभम होटलमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ४० वर्षीय हरि ढुंगाना समेत ५ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटलमा तास खलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५३ हजार रुपैयाँ, ५ थान मोवाइल र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस