खानेपानी आयोजनाको काम सम्पन्न

भोजपुर । रामप्रसाद राई गाउँपालिका–४ दलगाउँमा रु एक करोड लागतमा भूमेथान लिफ्टिङ आयोजनाको काम सम्पन्न भएको छ ।

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ७१ लाख, प्रदेश नं १ सरकारको छ लाख ९० हजार तथा गाउँपालिका र वडा कार्यालयको २३ लाख गरी एक करोड ९० हजार लागतमा आयोजनाको काम सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिए ।

आयोजनाबाट विगतका वर्षमा पानीको अत्यन्तै समस्या झेल्दै आएका १२० घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । दलगाउँको सावुवा खोलाबाट करिब ५५० मिटरको उचाइमा चार रिजर्भ ट्याङ्की निर्माण गरेर पानी बस्तीसम्म ल्याइएको वडाध्यक्ष फौदसिं कार्कीले जानकारी दिए ।

निर्माण सम्पन्न भएसँगै आयोजनाको सांसद सुदन किराँतीले उद्घाटन गरेका छन् । लिफ्टिङ खानेपानी आयोजनाको काम २०७६ जेठदेखि शुरु भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?