चट्याङ लागेर भारतमा १५ जनाको मृत्यु

काठमाडौं – भारतको बिहार राज्यका विभिन्न जिल्लामा यसै हप्ता केही दिनयता भएको अविरल वर्षा र त्यसपछिको चट्याङमा परी १५ जनाको मृत्यु भएको छ ।

बिहारका विभिन्न छ जिल्लामा परेको चट्याङ लागेर १५ जनाको मृत्यु भएको हो।

अविरल वर्षासँगै परेको चट्याङले तीन दिनमा १५ जनाको मृत्यु भएको हो । चट्याङ लागेर केहि व्यक्ति घाइते भएका छन्।

बिहारको विपद् व्यवस्थापन विभागले गएको सोमबारदेखि त्यहाँ चट्याङ पर्न सुरु गरेको र बुधबार बिहानसम्म यो संख्या १५ पुगेको जनाएको छ ।

यसैबीच बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार चार लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

पीडितका परिवारलाई सो रकम हस्तान्तरण गर्ने काम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत महिना मात्र पनि चट्याङका कारण १०० जनाभन्दा बढीको ज्यान गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?