कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं । कोरोना संक्रमण देखिएका नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।

मंगलवार साँझ ज्वरो देखिएपछि बुधवार बिहान चावहिलमा रहेको ऊँ (ओम) अस्पताल भर्ना गरिएको अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।

उनलाई गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना देखिएसँगै घरमा नै आइसोलेसनमा रहेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

उनको उपचारमा मेडिकल सुपरिटेन्डेन्ट समेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा विश्वनाथ कोइरालाको नेतृत्वमा सिनियर कन्सल्ट्यान्ट डा सुवोध सागर ढकाल र कन्सल्ट्यान्ट इन्टेन्सिभिस्ट डा प्रमेश सुन्दर श्रेष्ठ संलग्न रहेको छ ।

उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?