काठमाडौं । बेलायतमा कोरोना विरुद्धको सुँघ्नेवाला भ्याक्सीनको ट्रायल शुरु भएको छ । यो ट्रायल अक्सफोर्ड यूनिभर्सिटी र इम्पीरियल कलेज लण्डनले शुरु गरेको हो ।
ट्रायल गर्ने रिसचर्सहरुले नेबुलाइजर र माउथपीसको माध्यमबाट ३० जना मानिसमा भ्याक्सीन दिइनेछ ।यो सिधा फोक्सोसम्म पुग्नेछ र राम्रो इम्यून रेस्पोन्स देखिन सक्ने आश रहेको छ ।
फ्लूमा पनि यस्तो भ्याक्सीन राम्रो साबित भएको थियो
इम्पीरियल कलेजमा इन्फेक्शियस डिसिज डिपार्टमेन्टका क्रिस चियु भन्छन्, फ्लूको मामिलामा नेसल स्प्रे भ्याक्सीन (नाकबाट दिने भ्याक्सीन) राम्रो साबित भएको थियो ।
अक्सफोर्ड विश्वविद्यालयका भ्याक्सीन विशेषज्ञ साराह गिलबर्ट यो इन्जेक्शनको माध्यमबाट दिएकोमा सुरक्षित साबित भएको बताउँछन् ।
इम्यून रेस्पोन्स पनि राम्रो भएको उनले बताए । यो भ्याक्सीन श्वासको नलीबाट दिइनेछ । यो भ्याक्सीन क्लिनीकल ट्रायलको शुरुवाती चरणमा रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया