लमजुङ । हिमाली जिल्ला मनाङ जोड्ने बेँसीशहर–चामे सडक पहिराले भाँसिएको छ । मङ्गलबार रातिबाट निरन्तर अविरल वर्षासँगै माथिबाट आएको बाढीपहिराले आज बिहान सो सडकखण्डको बेँसीशहर नगरपालिका–६ खरखरेभिरको सडक भासिएको हो ।
करिब २० मिटर सडक भासिएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयका सबइञ्जीनियर सुमन अधिकारीले बताए । उनले भने, “सडक माथिबाट आएको पहिरो र सडक तल मर्स्याङ्ती नदीले खोलेको जमिनका कारण सडक भाँसिदा सडक अवरुद्ध भइरहेको छ ।”
पानी निरन्तर परिरहेकाले तत्काल मर्मत गर्न असम्भव भएको उनको भनाइ छ ।
यस स्थानमा विगत लामो समयदेखि वर्षेनी हल्ला वर्षा हुनासाथ ढुङ्गामाटो आएर सडक अवरुद्ध हुँदै आएको थियो ।
सो सडकअन्तर्गत यस नगरपालिकै वडा नं ७ सहजीनिरको पुवाखोलामा समेत बाढी आएकाले यातायात अवरुद्ध बनाएको छ । सडक अवरुद्ध हुँदा ढुवानीदेखि आकस्मिक सेवाका सबै सवारी साधन रोकिएका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया