16 September, 2020 11:23 am

आज के छ नेपाली बजारमा सुन चाँदीको मूल्य ?


प्रकाशित मिति : 16 September, 2020 11:23 am

तस्वीरः गूगल

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर रहेको छ ।

मंगलवार सुन प्रतितोला ६ सयले बढेको थियो । आइतवार स्थिर रहेको सुनको मूल्य सोमवार ९६ हजार ९ सय कायम भएको थियो ।

मंगलवार ९७ हजार ५०० मा कारोवार भएको सुन आज (बुधवार) पनि सोही मूल्यमा कारोवार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९७ हजार छ ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १,३४० कायम रहेको महासंघले जनाएको छ । यो सोमबारको भन्दा २० रुपैयाँले बढी हो ।

प्रतिक्रिया दिनुहोस