भारतमा टिकटक जस्तै नयाँ एप ल्याउँदै यूट्यूब

काठमाडौं । यूट्यूबले टिकटकको नयाँ प्रतिस्पर्धीको रूपमा भारतमा आफ्नो नयाँ एपको बीटा संस्करण परीक्षण गर्ने घोषणा गरेको छ।

यूट्यूब सर्ट्स नामक उक्त एपमा १५ सेकेण्डको भिडियो बनाउन मिल्नेछ । तिनको सिर्जना गर्ने शैली र तरिका चिनियाँ स्वामित्वको टिकटकसँग मिल्दोजुल्दो हुने बताइएको छ ।

भारत चीनबीच सीमावर्ती क्षेत्रको तनावकाबीच भारतले टिकटकसहित सबै चिनियाँ एपलाई प्रतिबन्ध लगाएको थियो।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?