कोरोनालाई लिएर ‘डब्ल्यूएचओ’ले दियो चेतावनी

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिले हरेक खिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोना भाइरस अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

कोरोनाविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिए पनि पूर्ण सफलता हात पार्न सकेका छैनन् । यसैबीच विश्वमा बितेको २४ घण्टामा २ लाख १२ हजार कोरोना संक्रमित फेला परेका छन् भने ४ हजार भन्दा धेरैको मृत्यु भएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डाक्टर ट्रेडोस घेब्रेसिएसले कोरोनाको असर धेरै बच्चाहरुमा हुने गरेको बताएका छन् ।

उनले बच्चाहरुको कोरोनाको असर नराम्रो पर्ने भएकोले स्कूलहरु अस्थायी रुपमा बन्द गर्नैपर्ने आवश्यक रहेको बताएका छन् ।

उनले स्कूल तथा कलेजहरु बन्द गर्नु र सामाजिक दूरी कायम गर्नु नै महामारीबाट अहिलेका लागि जोगिने उपाय भएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?