इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त अरब इमिरेट्स (युएई) र बहराइनसँग इजरायलले गरेको महत्त्पूर्ण सम्झौतालाई नयाँ मध्यपूर्वको मिरमिरे बिहानी भन्दै प्रशंसा गरेका छन्।

इजरायलसँग सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी मुलुकले सम्झौतामा हस्ताक्षर गरेपछि ट्रम्पले यस्तो बताएका हुन्।

हस्ताक्षरकर्ता तीनवटै देशले सहमतिलाई ऐतिहासिक रहेको बताएका छन्। ट्रम्पको प्रशासनले नै सहमतिका लागि मध्यस्थता गरेको थियो।

सन् १९४८ मा स्थापना भएयता इजरायललाई मान्यता दिने यूएई तथा बहराइन तेस्रो र चौथो अरब राष्ट्र हुन्।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?