कोरोनाको प्रकोप : चीनमा ४ हजार ६३४ जनाको मुत्यु, ८५ हजार भन्दा धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोना भाइरस अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

कोरोनाविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिए पनि पूर्ण सफलता हात पार्न सकेका छैनन् । यसैबीच चीनमा कोरोना भाइरसका थप १२ जना संक्रमित थपिएका छन् ।

अहिलेसम्म चीनमा कोरोना भाइरसका कारण ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८५ हजार २१४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८० हजार ४३७ जना संक्रमण मुक्त भएका छन् भने १४३ जना उपचाररत छन् । चीनमा १ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?